हज गर्न जाने १५६ सदस्यीय टोलीलाई बिदाइ

बिहिबार, साउन २, २०७६



काठमाडौं । साउदी अरबमा हज गर्न जाने पहिलो टोलीलाई बिदाइ गरिएको छ । बिहान १५६ सदस्यीय पहिलो टोलीलाई गृहमन्त्री रामबहादुर थापा बादलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई साथै नेपालका लागि साउदी र युएईका राजदूतहरु पनि विमानस्थल पुगेका थिए ।

यसपटक साउदी अरबको मक्का मदिनामा १५ सय नेपाली हज गर्न जानेछन् । अघिल्लो वर्ष १२ सय जनाको कोटा थियो ।

बिदाइ कार्यक्रममा गृहमन्त्री थापाले नेपाली हज टोलीको ३ सय कोटा बढाउन सरकार सफल भएको बताए । उनले सबै धर्मको संरक्षण सम्बर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata