स्थानीय सडकले कर्णाली राजमार्ग अस्तव्यस्त

शनिबार, साउन ३२, २०७६



स्थानीय सरकारले जथाभावी निर्माण गरेका ग्रामीण सडकका कारण कर्णाली राजमार्ग अस्तव्यस्त बनेको छ। जहाँ पायो त्यहींबाट शाखा सडक खोल्दा खसेका पहिरोका कारण राजमार्ग असुरक्षित बन्दै गएको छ।

सामान्य वर्षा हुनेबित्तिकै पहिरो जान थालेको स्थानीय बताउँछन्। जुम्लाबाट सुर्खेत झरेका शेरबहादुर बोहोराले भने, ‘ग्रामीण सडकले गर्दा राजमार्ग धरापजस्तै भएको छ।

स्थानीय सरकारले बनाएका सडकका कारण राजमार्ग अस्तव्यस्त बनेको छ। हचुवामै खनिएका स्थानीय सडकका कारण राजमार्गमा ठाउँठाउँमा पहिरो झर्दा यात्रुले सास्ती बेहोर्नु परेको छ।’ उनले आफू सुर्खेतबाट फर्किंदा शेराबाडानजिकै पहिरोले चार घण्टा रोकिनुपरेको बताए।

जथाभावी डोजर लगाएका कारण वर्षा हुनेबित्तिकै पहिरो खस्ने गरेको छ। ग्रामीण सडकका कारण राजमार्गको कालिकोट खण्डमा बढी क्षति पुगेको छ।

बोहोराले भने, ‘कर्णाली राजमार्ग संघीय सरकारले हस्तान्तरण नगरेको भन्दै प्रदेश सरकारले रकम हाल्न मान्दैन। संघीय सरकारले कर्णालीको व्यथा सुन्दैन। स्थानीय सरकारले विकासका नाममा विनाश निम्त्याउन थालेका छन्। त्यसको प्रत्यक्ष मार यात्रुले खेपिरहेका छन्।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata