सीडीसीले जारी गर्यो डेंगु आतंक, पर्यटन क्षेत्रमा नकारात्मक असर

बिहिबार, भदौ २६, २०७६



काठमाडौं । देशमा यतिखेर डेंगु नियन्त्रण बाहिर पुगिसकेको छ । देशका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । वैशाख अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंगुको संक्रमण अहिले सम्म ५६ जिल्लामा फैलिसकेको छ ।

यसैबीच संयुक्त राज्य अमेरिकाले डेंगुलगायतका लामखुट्टेजन्य विभिन्न रोगको खतरा बढेको भन्दै एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ ।

डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ट्राभल नोटिस जारी गर्दै  एसिया, प्रशान्त टापु, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशमा पछिल्ला केही महिनायता डेंगुको संक्रमण बढेकाे बताएको छ ।

Map 4-03. Dengue risk in Asia and OceaniaDengue risk in Asia and Oceania

यूएस सेन्ट्रिज फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले जारी गरेको सूचनामा बांगलादेश, फ्रेन्च पोलिनेसिया (ताहिती र बोराबोरा), फिलिपिन्स, सिंगापुर, श्रीलंका र मार्सल आइल्यान्डमा डेंगुको संक्रमण उच्च रहेको उल्लेख छ ।  क्षेत्रमा संक्रमण उच्च रहेकाले उसले सतर्क रहन भनेको छ ।

पर्यटन क्षेत्रमा असर 

बढ्दो डेंगु संक्रमणको कारण धनी मुलुकहरूले आफ्ना नागरिकलाई भ्रमणको निम्ति सतर्क रहन जारी गर्ने सूचनासँगै नेपाल समेत प्रभावित हुने खतरा बढेको छ ! नेपाल सरकारले द्रुत गतिमा डेंगु नियन्त्रणको निम्ति प्रभावकारी कदम चाल्न शुरु गरेपनि अमेरिका लगायत युरोपियन मुलकबाट मात्र होइन छिमेकी मुलुक चीन र भारतका पर्यटक समेत नेपाल भ्रमण गर्न अनिच्छुक बन्ने खतरा बढेको छ ! साथै हाल नेपालमा रहेका पर्यटकहरू नकारात्मक हल्लाको विस्तारसँगै भ्रमण छोट्टाउन हतारिने हुँदा पर्यटन क्षेत्रमा नराम्रो असर पर्नेछ !

डेंगु नियन्त्रणमा प्रयास :

उल्लेखनीय कुरा के छ भने, प्रकोपको सामना गर्न सरकारले ठूलो मात्रामा सामाजिक जागरूकता कार्यक्रम गरिरहेको छ। जसमा स्थानीय अधिकारीहरू र सुधार समितिको सहयोगमा लामखुट्टेहरू नष्ट गर्न हतारिएका छन् । अन्तर्राष्ट्रिय ट्राभल एण्ड स्वास्थ्य बीमा जर्नलसँगको कुराकानीमा रोग नियन्त्रण विभागका डाक्टर प्रकाश शाहले भने, ” यस रोगलाई बोक्ने लामखुट्टेको प्रजननलाई नियन्त्रण गर्न देशभरका सार्वजनिक स्थानहरू सफा गर्न आदेश दिइएको छ।

यो पनि पढ्नुहोस्,

डेंगु नियन्त्रण बाहिर : ५६ जिल्लामा फैलियो, ६ जनाको ज्यान लियो !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata