सीको नेपाल भ्रमण : त्रिदेशीय सहकार्यको आधार तय

मङ्लबार, अशोज २८, २०७६



चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण त्रिदेशीय सहकार्यको आधार बनेको छ । उनी भारतको ममिल्लापुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ता गरी नेपाल आएका थिए । भारत शब्द उल्लेख नगरी उनले नेपालले छिमेकसँगको सम्बन्धलाई विशेष ध्यान दिँदै रणनीतिक सहकार्यमा जोड दिनुपर्ने बताएका थिए ।

परराष्ट्रका उच्च अधिकारीका अनुसार चीनको यो शब्दावली नेपाल हेर्ने नीतिमा फेरिएको दृष्टिकोण हो । उसले नेपालसँग रणनीतिक सहकार्य थाल्दै अर्को छिमेकलाई जोड्नुले यसमा बढी चर्चा भएको थियो ।

भारतसँगको सहकार्यका विषयमा चीनले गरेको कुराकानी बाहिर आएको छैन । तर, अधिकतम कुराकानी सम्पर्क सञ्जालको आडमा रही यही विषयमा भएको ती अधिकारीको भनाइ छ । अधिकारीका अनुसार यो नेपालको हितमा छ ।

पश्चिमाको रणनीतिविरुद्ध त्रिदेशीय सहकार्य भारत र चीनका लागि आवश्यक रहेको जानकार बताउँछन् । संयुक्त वक्तव्यका अनुसार चीनले नेपालसँग आर्थिक सहकार्यका लागि हिमाल वारपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार गर्न खोजेको देखिन्छ । नेपाललाई प्रवेशद्वार बनाई चीन दक्षिण एसियामा पस्न खोजेको संकेत यसबाट मिल्छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata