सातवटै प्रदेश प्रमुख सिफारिस, कुन प्रदेशमा को ?

सोमवार, कार्तिक १८, २०७६



काठमाडौं । सरकारले सातवटै प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले गरेको निर्णयअनुसार राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सिफारिसमा पर्नेमा प्रदेश एकमा सोमनाथ अधिकारी प्यासी रहेका छन् भने प्रदेश दुईमा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश पाँचमा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कनौली र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata