साग महिला फुटबल : माल्दिभ्सविरुद्ध भारतकाे ५–० जित

बुधबार, मंसिर १८, २०७६



१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भइरहेको महिला फुटबल प्रतियोगितामा भारतले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको खेलमा भारतले माल्दिभ्समाथि ५–० को फराकिलो अन्तरले जित निकालेको हो ।

खेल सुरु भएको छैटौं मिनेटमै डेंगी ग्रेसको पहिलो गोलसँगै भारतले माल्दिभ्सविरुद्ध अग्रता लिएको थियो । खेलमा भारतकी एनजी बालादेवीले उत्कृष्ट प्रदर्शन गरिन् । उनले भारतलाई जित दिलाउन २ गोलको महत्त्वपूर्ण योगदान दिइन् ।

खेलको २६औं मिनेट र ३५औं मिनेटमा बालादेवीले गोल गरेपछि भारत महिला फुटबल टोली माल्दिभ्समाथि हावी भएको थियो । खेल अवधिभर भारत माल्दिभ्समाथि पूर्ण दबाब राख्न सफल भयो । माल्दिभ्सले पनि थुप्रै अवसर पाए पनि त्यसलाई गोलमा बदल्न भने असमर्थ रह्यो ।

डिफेन्समा कडाइ नगरी अट्याकमा उत्रिए पनि माल्दिभ्सले कुनै पनि गोल फर्काउन सकेन । खेलको दोस्रो हापको ८७औं मिनेटमा भारतकी मनीषाले टोलीका लागि चौथो गोल गरेकी गरिन् । उनको गोलको खुशी नसकिँदै भारतकै अर्का खेलाडी जगमानीले ८८औं मिनेटमा पाँचौं गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।

५–० को फराकिलो अन्तरले पछि रहेको माल्दिभ्सले अतिरिक्त ४ मिनेट थपिएको थियो । तर, अतिरिक्त समयमा पनि गोल फर्काउन नसकेपछि माल्दिभ्सले पहिलो खेलमा हार व्यहोरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata