सप्तरीमा आज मुस्लिम सम्मेलन, सहभागी हुन आएका पाकिस्तानीलाई फर्काइँदै

शनिबार, फाल्गुन ३, २०७६



सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा शनिबार मुस्लिम समुदायको धार्मिक सम्मेलन हुँदैछ । करिब २ लाख मुस्लिम धर्मालम्बीले सहभागीता जनाउने ठानिएकाे सम्मेलनकाे सम्पूर्ण तयारी पूरा भएकाे आयोजकहरूले जनाएका छन् ।

भव्य तयारी गरिए पनि सम्मेलन विवादरहित बन्न सकेन । आयोजकले शुरुमा नेपाल र भारतका मुस्लिम समुदायको मात्र सहभागिता हुने भनेर अनुमति लिए पनि पछि तेश्रो मुलुकका नागरिक सहभागी हुन आएपछि सम्मेलन विवादित बनेकाे हाे ।

सप्तरीमा आज मुस्लिम सम्मेलन, सहभागी हुन आएका पाकिस्तानीलाई फर्काइँदै

अन्य मुलुकका नागरिक सहभागी आउन थालेपछि गृह मन्त्रालयले बिहीबार सम्मेलन रोक्न निर्देशन दिएको थियो । मुस्लिम आयोगको समन्वयमा आयोजक विदेशी नागरिकहरूलाई फर्काउन तयार भएपछि शनिबारदेखि उक्त सम्मेलन हुने निश्चित भएको छ ।

सम्मेलनस्थलमा विदेशी नागरिक फर्काउन थालिए पनि शुक्रबार मात्र जहाज चढेर ७ जना पाकिस्तानी नागरिक राजविराज आएका सुरक्षा स्रोतले जानकारी दिएको छ । ती पाकिस्तानी नागरिक राजविराजस्थित एक होटलमा रहेको र उनीहरूलाई त्यहीँबाट फर्काइने सुरक्षा अधिकारीहरुले बताएका छन् । अन्य विभिन्न बाटो प्रयोग गरी सम्मेलनमा आएका विदेशी नागरिकहरू सबैलाई फर्काउने प्रहरी उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

जिल्लाका अधिकांश सशस्त्र र जनपद प्रहरी त्यही परिचालित छन् भने छिमेकी जिल्लाबाट तथा दंगा नियन्त्रण गणहरुबाट पनि थप प्रहरी बल बोदेवरसाइन ल्याइएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी ल्याइएपछि अहिले यहाँ सुरक्षाकर्मीलाई खान र बस्न समस्या भएको छ। खेतमा पाल टागेर प्रहरीलाई राखिएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments