सडक र सदन तताउने कांग्रेसको निर्णय

बुधबार, भदौ १८, २०७६



नेपाली कांग्रेसले मुलुकमा आर्थिक अनियमितता र भ्राष्टाचार मौलाउँदै गएको ठहर गर्दै त्यसविरुद्ध सडक र सदनबाट आन्दोलन गर्ने निर्णय गरेको छ।

असार २२ गते सुरु भएको केन्द्रीय समितिको मंगलबार राति सकिएको बैठकले सडक र संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने निर्णय गरेको हो।

वाइड बडी, न्यारो बडी जहाज खरिद प्रक्रियामा करौडौंको भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै कांग्रेसले केपी ओली नेतृत्व सरकारले गरेको आर्थिक अनियमितालाई जनतामाझ लैजाने निर्णय गरेको छ।

सरकारविरुद्धको आन्दोलन प्रभावकारी बनाउन संसद्मा पार्टी सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाको उपस्थिति बाक्लो बनाउनुका साथै पार्टीको भूमिका अझ बढाउने निर्णय कांग्रेसले गरेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata