शहरिया सौख : सर्वसाधारणको लागि नबनोस् घातक !

आइतवार, असार २९, २०७६



काठमाडौं  । शहरको दु:ख गाउँले बुझ्दैन  । गाउँको दु:ख शहरले । गाउँबाट शहर बसाईसरेका वा शहरमा परम्परागत जीवन बिताइरहेका मानिसहरुको आवश्यकता र सौखहरु पछिल्लो समय शहरमा अवस्थित सरकारी निकायलाई बोझ बन्दैछन्  । कुकुर पाल्ने, गाईवस्तु पाल्ने शहरिया मानिसहरुले आफ्नो आवश्यकता र सौख पुरा गरेसँगै छाडा छोडिदिने जनावरले दिने दु:ख दिनप्रतिदिन बढ्दै छ  ।

यस्तो समस्या काठमाडौंले मात्र होइन दक्षिण एसियाका विभिन्न शहरहरुले भोगिरहेका छन् । यस्तैमा मुम्बईमा घटेको घटना मिडियामा आएसँगै फेरी एकपटक नयाँ बहसले जन्म लिएको छ ।

भर्खरै भारतीय शहर मुम्बईमा एक युवक माथि खुला छाडिएका दुई साढेले गरेको आक्रमण अत्यन्त डरलाग्दो मान्न सकिन्छ  । केरलाबाट इन्ट्रानशीप गर्न मुम्बई आएका अक्षय सडक किनारमा फोनमा व्यस्त रहेको समय अकस्मात साढेको आक्रमणमा परेको घटनाले शहरमा बसोबास गर्ने मानिसहरु आतंकित बन्न पुगेका छन् ।

खुला रुपमा छाडिने यस्ता पाल्तु जनावरहरुले सडक दुर्घटना बढाउन र वृद्ध, केटाकेटीको सुरक्षामा खतरा पैदा गरेसँगै सरकारी निकायहरुको निम्ति ठूलो बोझ बनिरहेको छ । सर्वासाधारण मानिसलाई आफ्ना सौखहरु पुरा गर्न राज्यले उचित नीतिनियमको निर्माण र कार्यन्वयन तत्काल गर्नु अत्यावश्यक भइसकेको छ  । आम नागरिकको सुरक्षालाई ध्यान दिन गतिलो पाठ सिकाएको मुम्बई घटना मुलुकले समेत नोटिसमा लिनु बुद्धिमानी हुने छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata