राष्ट्रिय सभामा चार वटा विधेयक पेश हुँदै

बिहिबार, भदौ २६, २०७६



काठमाडौं । राष्ट्रिय सभामा आज(बिहिबार) चारवटा विधेयक पेश हुने भएकाे छ ।  सभाकाे बिहीबारकाे कार्यसूचीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण, विज्ञापन नियमन गर्ने विधेयक, वातावरण  संरक्षण विधेयक र वन विधेयक पेश हुने छ ।

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाबाट प्राप्त सन्देश सहित परिचयपत्र तथा पञ्जिकरण विधेयकमाथि विचार गरियाेस् भन्ने प्रस्ताव सभामा राख्नेछन् । त्यस्तै विज्ञापन नियमनसम्बन्धि प्रथिनिधिसभाले गरेकने संशाेधनउपर  विचार गरियाेस् भन्ने प्रस्ताव राख्ने बैठककाे कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिकाे प्रतिवेदनसहित वातावरण संरक्षण विधेयक र वन विधेयकलाई पारित गरियाेस् भन्ने प्रस्तावमाथि पनि बैठकमा छलफल हुने कार्यसूची छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata