मिक्लाजोङ हत्याकाण्ड: एउटै चितामा पाँचजनाको अन्त्येष्टि

शुक्रबार, जेष्ठ १०, २०७६



पाँचथरको मिक्लाजोङ गाउँपालिका–३ आरुबोटेमा भएको हत्याकाण्डमा ज्यान गुमाएका नौजनाको अन्त्येष्टि गरिएको छ । प्रहरीले घटनाका आरोपित मानबहादुर माखिमको शव भने परिवारको जिम्मा लगाएको छैन ।

मिक्लाजोङ गाउँपालिका–३ का वडाध्यक्ष हस्तराज फियाकका अनुसार हत्या भएका दुई परिवारमध्ये बमबहादुर फियाकको परिवारका चार सदस्यको अरुबोटेस्थित सल्लेरी चिहानडाँडामा अन्त्येष्टि गरिएको छ । त्यस्तै धनराज शेर्माको परिवारका पाँच सदस्यलाई मिक्लाजोङ–२ को सराङडाँडास्थित नसुवा दोभानमा एकै चितामा जलाइएको छ ।

फियाक परिवारका बमबहादुर फियाक र श्रीमती पुर्षीमाया फियाक तथा छोरी मनकुमारी फियाक र नातिनी आसे फियाकको हत्या भएको थियो । साइँली छोरी बुद्धमाया खजुमले मृतकहरूलाई दागबत्ती दिइन् ।

बमबहादुर फियाकका चार छोरीमध्ये साइँली छोरी बुद्धमाया र जेठी छोरी दिलमाया तुम्सा मात्रै जीवित छन् । फियाक घरको चाबी उनै छोरीहरूको जिम्मा लगाइएको छ ।

सोही घटनामा बमबहादुरका माइला ज्वाइँ मृत्यु भएका धनराज शेर्माको परिवारका पाँच सदस्यको मृत्यु भएको थियो । आरुबोटे बस्दै आएका धनराजको पुख्र्यौली घर सराङडाँडा हो । घटनामा धनराजकी श्रीमती जस्मिता शेर्मा तथा छोरीहरू युहाना शेर्मा, मुना शेर्मा र इक्सा शेर्माको हत्या भएको थियो ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata