माग १८ हजारको पाउने ५० जना

मङ्लबार, साउन २८, २०७६



वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत ऋण दिने कार्यक्रम कार्यान्वयनमै नआई अलपत्र पर्ने सम्भावना बढेको छ।

वैदेशिक रोजगार बोर्डले विदेशबाट फर्केका युवालाई सहुलियत ऋण उपलब्ध गराउने भन्दै पाँच महिनाअघि लगत संकलन गरेको थियो।

अहिलेसम्म ५० जनाले मात्र बैंक वित्तीय संस्थाबाट ऋण पाएका छन्। उनीहरुले बोर्डको समन्वयमा ऋण पाएका हुन् वा व्यक्तिगत पहल प्रभावकारी भएको हो, यकिन छैन।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सहुलियत ऋणका लागि आवेदन दिएका सबै युवाले बैंकबाट सहजै ऋण प्राप्त गर्ने व्यवस्था मिलाउन बोर्डले सक्दो पहल र समन्वय गरिरहेको बताए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata