‘मदन–आश्रित स्मृति दिवस’, मदननगर बल्खु (LIVE)

शुक्रबार, जेष्ठ ३, २०७६



काठमाडौं । आज जेठ ३ गते । जननेता मदन भण्डारी र जीवराज आश्रितको २६ औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।

सोही दिनको स्मरणमा नेकपा एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा यस वर्ष एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाले मदन–आश्रित स्मृति दिवस मनाउन लागेको हो ।

मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उनका समकालीनले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् । तर, २६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata