भप्सी पुल बग्यो, पूर्व-पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध

शनिबार, असार २८, २०७६



जनकपुर । चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका स्थित भप्सी पुल बगाएको  छ ।

भप्सी खोलाको बाढीले पुलको बीच भाग नै बगाएको छ । पुल बगाएसँगै  पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

पुल बगाएपछि यात्रुहरु बाढी तरेर जोखिमको यात्रा गरिरहेका छन् भने कयौं यात्रुहरु अलपत्रमा परेका छन्  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata