बैदेशिक रोजगारीमा जानेहरुका लागि डिजिटल अडियो नोटिस बोर्ड सेवा सुरु

बिहिबार, कार्तिक २५, २०७३

loading...
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहन्छ भने सम्बन्धित देशबारे जानकारी लिन ०१–४१०५०५८ मा फोन गरेर जानकारी लिन सक्नुहुनेछ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नवौँ स्थापना दिवसका अवसरमा नेपालीहरु सबैभन्दा बढी वैदेशिक रोजगारीमा जान चार मुलुक कतार, मलेसिया, साउदी अरब र संयुक्त अरब इमिरेट्स(युएइ) बारे जानकारी दिने डिजिटल अडियो नोटिस बोर्ड सेवाको आजदेखी सरु भएको छ ।
श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले फोन डायल गरेर सेवाको आरम्भ गरे । । ०१–४१०५०५८ नं मा डायल गरी फोन उठेपछि १ नं डायल गरे कतार, २ नं डायल गरे मलेसिया, ३ नं डायल गरे युएइ र ४ नं डायल गरे साउदीअरब बारे जानकारी पाउन सकिनेछ ।
देश रोजिसकेपछि सम्बन्धित देशको भाषा, तापक्रम, मुद्रा, उत्पादन, धर्म, कला, संस्कृति, दुर्घटनाबाट बच्ने उपाय, रोगबाट बच्ने उपायबारे जानकारी दिइन्छ । मन्त्री गुरुङले डिजिटल अडियो नोटिस बोर्ड सेवाले विदेशिने युवाहरुले समग्र जानकारी पाउने विश्वास व्यक्त गरे  ।
उनले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको विकृति अन्त्यका लागि आफूले सक्दो पहल गरिरहेको बताए बोर्डका ।  बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले हाललाई चार देशको सूचना दिने व्यवस्था मिलाइएकामा क्रमशः अन्य देशको समेत थपिँदै लैजाने जानकारी दिए ।
641 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank