बालिकालाई अवैध धन्दामा लगाउन परिवारै संलग्न

मङ्लबार, साउन २८, २०७६



मोरङको सुनवर्षी नगरपालिकाकी १५ वर्षीया बालिकालाई जबरजस्ती भारत पुर्याएर अवैध धन्दामा लगाउन परिवार नै संलग्न रहेको खुलेको छ ।

फागुन २ गते हराएकी बालिकालाई साढे ५ महिनापछि उद्धार गरी नेपाल ल्याइएको छ । बालिकाले आफूलाई भारतमा पुर्याएर बन्धक बनाइ यौन धन्दामा लगाएको प्रहरीलाई बताएकी छन् ।

बालिकालाई साउन १२ गते नेपाल ल्याईएपछि घटनामा संलग्न ९ जनाविरुद्ध बालिकाका परिवारले किटानी जाहेरी दिएका थिए ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर लेखनाथ दाहालले जाहेरीका आधारमा घटनामा संलग्नको खोजी भइरहेको र एक जना पक्राउ परेको बताए ।

यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata