बस र ट्रक ठोक्किदा दुई जनाको मृत्यु, २३ घाइते

पाँच जनाको अवस्था गम्भीर

शुक्रबार, जेष्ठ १०, २०७६



सिराहा । सिराहामा बिहिबार राती बस र ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

झापाबाट काठमाडौं आउँदै गरेको ना ८ ख ९८२ को बस र पूर्व जाँदै गरेको ना ३ ख ४२६४ को ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत सिराहामा ठोक्किएका हुन् ।

प्रहरी अनुसार बसमा सवार दुई जनाको मृत्यु भएको छ भने २३ जना भन्दा बढी घाइते भएका छन् । घाइते पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाका कारण केही समय राजमार्ग अवरुद्ध भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata