बर्डफ्लु परिक्षणका लागि एक सय ७२ जनाको नमुना संकलन गरी जापान पठाइयो

मङ्लबार, जेष्ठ ७, २०७६



काठमाडौं । नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका एक सय ७२ जनाको नमुना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ ।

सोमबार जापानको ‘डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशाला’मा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

गत १५ चैतमा काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लु संक्रमणबाट ज्यान गएको थियो । सोही ल्याबले ती युवकलाई एच फाइभ एन वान भाइरस लागेको प्रमाणित गरेको थियो । ज्वोरो र खोकीको कारण चैत १० गते अस्पताल पुगेका उनको मृत्‍यु चैत १५ गते श्वासप्रश्वासमा समस्य आएपछी मृत्‍यु भएको बताईएको छ। उपचारको क्रममा उनको र्याल जाँचको लागि पठाईेको थियो जसको कुनै पनि नतिजा नआएको कारण जापान पठाईएको थियो। जापानबाट बैशाख १७ मा आईपुगेको रिपोर्टले उक्त र्यालमा एच फाइभ एन वान भाईरस भएको देखाएको हो।

बर्ड फ्लू मानिसमा संक्रमण तब हुन्छ जब भाइरस एक व्यक्तिको आँखा, नाक वा मुखमा पर्छ । यो भाईरस हावामा यदी भाईरस छ वा यदी मानिसले भाईरस युक्त केही छुन्छ भने पनि सर्ने गर्दछ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो रोग १९९३ मा पत्ता लागेको थियो। त्यसयता २००३ देखी ८६० मानिसमा यसको संक्रमण भेटिएको छ। यसको कारण रोग लागेको ५० प्रतिशत मानिसको मृत्‍यु भएको बताईन्छ।

सरुवारोग विशेषज्ञहरूका अनुसार बर्डफ्लु भाइरस टाढाबाट सर्दैन । एक मिटरको दूरीमा मात्रै यो भाइरस एकबाट अर्कोमा सर्न सक्छ । ‘त्यसैले हामीले संक्रमित मानिसको नजिक आएका एक सय ७२ जनाको नमुना संकलन गरी जापान पठाएका हौँ,’ महाशाखाका एक अधिकारीले भने ।

महाशाखाका अनुसार एक मिटरको दूरीमा पनि धेरैपटक आवतजावत भएपछि मात्रै यो भाइरस सर्छ । तर, हालसम्म मान्छेबाट मान्छेमा बर्डफ्लु सरेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata