प्रधानमन्त्री ओलीद्वारा क्यानडाका प्रधानमन्त्री ट्रूडोलाई बधाई

बिहिबार, कार्तिक ७, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्यानडाको प्रधानमन्त्रीमा  जस्टिन पियरे जेम्स ट्रूडो  पुनः दोस्रो पटक प्रधानमन्त्री भएकोमा बधाई दिएका छन् । उनले हिजो(बुधबार) राति ट्विट गर्दै बधाई दिएका हुन् ।

उनले सन् २०१८मा दुई प्रधानमन्त्रीबीच भएको भेटवार्तालाई स्मरण गर्दै द्विपक्षीय सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास समेत व्यक्त गरेका छन् ।

ट्रूडो क्यानाडाको वर्तमान तथा २३ औंँ प्रधानमन्त्री हुन् । उनी २०१५ देखी क्यानडाको प्रधानमन्त्री र २०१३ देखि लिबरल पार्टीको नेताको रूपमा सेवा गरिरहेका छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments