प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख

मङ्लबार, भदौ १७, २०७६



प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थिति सुधारोन्मुख भएको छ । मिर्गौलासम्बन्धी विकारयुक्त एन्टिबडी निष्कासन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाएपछि उनको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा सुधार भइरहेको छ । सम्भवतः शुक्रबार स्वदेश फर्कनेछौं’, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले टेलिफोनमा भने ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहका अनुसार एन्टिबडीका कारण शरीरमा क्षति निम्तिन सक्ने भएकाले प्लाज्मा फेरेसिस उपचार विधि अपनाइएको हो । ‘शरीरमा बढेको एन्टिबडी निष्कासन गरिएको हो । यसका साथै शरीरमा अरू एन्टिबडी बन्न नदिने हो । एन्टिबडी बढ्दै गएपछि खराबी हुन सक्छ’, डा. शाहले भनिन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata