परिवर्तन

सोमवार, भदौ १६, २०७६

- संगिता वन (संगृति)



समयसँगै परिवर्तन भएको छ ऊ
गाउँघरका भञ्ज्याङ देउरालीमा
डुलि डुली र हातमा हात राख्दै
मीठा मीठा मायाका कुरा गर्दै
अनेक बाचा कसम खाँदै लाएको माया
कहिल्यै नछोड्ने बाचाका साथ
धैरै पैसा कमाउने मुना मदनको जस्तै
शहर पसेको मेरो धड्कन
शहरकै प्रपञ्चको जालझेल बुन्दै
विर्सिएको छ आफै भित्र भएको मुटुलाई

शहर पसेर शहरकै धुलो धुँवासँग
रंगिएको स्वार्थको रंगहरुमा
भेट्टायो उसले शहर पसेर
अनगिन्ति स्वार्थका विन्दुहरु
अनि भेट्टयो माया गर्ने मायालुहरु
तर भेटाउने छैन
गाउँघर जस्तो
देउराली, भञ्ज्याङ अनि माया गर्ने मायालुहरु

हो भेटाउने छैन उसले गाउँघरमा
फस्टाएको चोखो माया र मुटु
सँगै हुड्कीएको देउडा गाउँदै
नाचेको पल
हाँसोमा हाँसो मिलाइ
आँसु पुछेको त्यो पल
सबै विर्सिदियो उसले
सबै भूलिदियो
वाचा कसमहरु समय सँगसँगै
र परिवर्तन भयो ऊ
यहि समय सँगसँगै

तर विश्वास छ मलाई
मेरो मायामा
ऊ फर्किने छ कुनै दिन
साँझमा फर्किएको
आफ्नै बासस्थान सम्झेर पंक्षीहरु
विश्वास छ मलाई ऊ आउने छ
र म सँग परिवर्तन भएकोमा माफि माग्ने छ ।

तर त्यो दिनसम्ममा
मेरो शरिर खरानी हुनेछ
उसको आँसु पुछ्न नसक्ने भएर
उसलाई छोएर नै उड्ने छ
उसकाो शरिरलाई स्पर्श दिदैं
र आँखामा बिझाउने छु म
आँसु बगााउने छ फेरी एक पटक
तर अफसोच
म हुने छैन उसको साथमा
उसको आँसु पुछ्न यो पटक
मात्र हुनेछु
उसको मस्तिकष्कमा याद बनेर
मात्र याद बनेर
समयले गराएको परिवर्तन देखेर
ऊ रुनेछ एक पटक फेरी पनि
आफ्नो गल्ती सम्झेर
समयले गराएको परिवर्तन सम्झेर
समयको परिवर्तन सम्झेर

संगिता वन (संगृति)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata