नेपाल वायुसेवा निगमले माग्यो झण्डै चार दर्जन बढीलाई जागिरको अवसर

बुधबार, कार्तिक १०, २०७३

सरकारी स्वामित्वको नेपाल बायु सेवा निगममा विभिन्न ५३ पदमा जागिर खुलेको छ । आईतबार मात्र बायु सेवा निगमले विभिन्न ५३ रिक्त पदपूर्तिका लागि खुला दरखास्त आह्वान गरेको छ ।

निगमले १५ जना प्रशासन अधिकृतका लागि दरखास्त मागेको छ । जसमा खुलातर्फ ८, महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलिततर्फ १ आरक्षण सुनिश्चित गरिएको छ । यसैगरी ६ जना लेखा अधिकृतका लागि गरिएको आवेदनमा ३ जनाले खुलामा प्रतिस्पर्धा गरेर जागिर पक्का गर्न सक्नेछन् ।

यसैगरी निगमले बरिष्ठ सहायक पदमा १२, बरिष्ठ लेखा सहायकमा २, प्रशासन सहायकमा १७ र लेखा सहायकमा एउटा पदमा आवेदान मागेको छ ।
पदअनुसार छुट्टा छुट्टै शैक्षिक योग्यता तय गरिएको छ । विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छुकले आवदेन दिन सक्नेछन् ।

114 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side cement health right side Samsung health right side DDC health right  adv