नेपाली सेनाले माग्यो साढे १९ सय सिपाही

loading...

बुधबार, कार्तिक १०, २०७३

नेपाली सेनाले दुुई हजार एक सयभन्दा बढीका लागि जागिर खुलाएको छ । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको लागि दरखास्त आवेदन मागिएको सुचना सोमबार नेपाली सेनाले निकालेको हो ।

जसअन्र्तगत सिपाही पदमामात्रै १ हजार ९ सय ५० जनाको लागि आवदेन मागिएको छ । काठमाडौंको जंगी अड्डामा मात्रै ४ सय जना सिपाही माग गरिएको छ । सेनाले लेखा, जमदार, हुद्दा, अमलदार, सैन्य ड्राइभर, बन्दोबस्ती सिपाही, कुचिकार, धोबी, केशकर्तक, वेटर र लोहार पदमा आवेदन मागेको छ ।

पदअनुसार फरक – फरक योग्यता तय गरिएको छ । इटहरी, फिदिम, राजबिराज, हेटौंडा, सिन्धुली, रौतहट, रामेछाप, पोखरा, बझाङ, इलाम, बुटवल, लमजुङ, नेपालगञ्ज, दाङ, जुम्ला, जाजरकोट, दिपायल, धनगढीका विभिन्न सैन्य पृतना, बाहिनी, गण तथा गुल्ममा भर्ति गर्न लागिएको हो । सेनाले नियमित भर्ना प्रक्रिया अन्र्तगत आवेदन मागेको हो ।

122 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom