धार्मिक पर्यटन महोत्सवमा त्रिचालिस लाख सङ्कलित

बुधबार, कार्तिक १०, २०७३



पूर्तिघाटमा यही कात्तिक १ गतेदेखि सञ्चालन भएको धार्मिक पर्यटन महोत्सव सम्पन्नसँगै करिब ४३ लाख सहयोग जुटेको छ ।

महोत्सवबाट सङ्कलित रकमले पूर्तिघाटमा अत्याधुनिक सुविधासम्पन्न अतिथि आश्रम भवन निर्माण गर्ने, पूर्तिघाट क्षेत्र वरिपरिका रहेका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग र कालीगण्डकीको व्यापक प्रचारप्रसार गर्दै समग्र कालीगण्डकीलाई पर्यटन व्यवसायका रुपमा स्थापित गर्ने उद्देश्य राखिएको महोत्सवका प्रचार–प्रसार संयोजक अग्निधर पराजुलीले जानकारी दिए ।

यही कात्तिक १ देखि ९ गतेसम्म महोत्सव सञ्चालन भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata