दक्षिण एसियाकै पहिलो दिशामुक्त देश- नेपाल

सोमवार, अशोज १३, २०७६



काठमाडौं । नेपाललाई आज(सोमबार) खुला दिसामुक्त देश घोषणा गरिँदैछ । प्रत्येक घरधुरीलाई चर्पीको पहुँचमा पुर्‍याउने मानक पूरा गरेपछि खुला दिसामुक्त नेपाल घोषणा गर्न लागिएको हो ।

खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो । खुला दिसामुक्त देश घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्वपूर्ण राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पूरा हुनेछ ।

काठमाडौं राष्ट्रिय सभागृहमा आज मध्याह्न आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार  खुला दिसामुक्त देश घोषणा कार्यक्रमको सबै तयारी सम्पन्न भएको छ । घोषणासभाको पहिलो सेसनको कार्यक्रमअन्तर्गत विभिन्न कार्यपत्रहरुको प्रस्तुती र साँस्कृतिक कार्यक्रम प्रदर्शनी भने बिहान १० बजेदेखि नै जारी रहने छ ।

नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीहरु, जिल्ला समन्वय समिति तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि बोलाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata