डडेल्धुरामा बाैलाहा कुकुरले टोक्दा आठ विद्यार्थीसहित १२ जना घाइते

शुक्रबार, मंसिर २०, २०७६



डडेल्धुरामा बौलाहा कुकुरको आतंक मच्चिएको छ । जिल्लाको भित्री मधेशमा पर्ने आलिताल गाउँपालिकाका वडा नं. ७ र ८ मा बौलाहा कुकुरले आतंक मच्चाएको हो ।

बौलाहा कुकुरले टोकेर अहिलेसम्म ८ जना विद्यार्थीसहित १२ जनाभन्दा बढीलाई टोकेर घाइते बनाएको छ । बौलाहा कुकुरले बिहीबार बिहान आलिताल गाउँपालिका–७ मेलगाँजामा रहेको गौरीशंकर माध्यमिक विद्यालय आइरहेका आठ जना विद्यार्थीलाई टोकेको विद्यालयका शिक्षक ईन्द्र साउदले जानकारी दिए ।

‘बिहान विद्यार्थीहरू विद्यालय आइरहेका थिए । त्यही बेला बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ,’ उनले भने, ‘बौलाहा कुकुरले टोकेपछि विद्यालयका अन्य विद्यार्थीहरूमा त्रास फैलिएको छ ।’

बौलाहा कुकुरको टोकाइबाट घाइते भएका विद्यार्थीसहित अन्य व्यक्तिहरूलाई उपचारका लागि जोगबुडा अस्पताल पठाइएको आलिताल गाउँपालिका– ७ का स्थानीय तथा शिक्षक साउदले जानकारी दिए । आलिताल प्रहरी चौकीले भने उक्त बौलाहा कुकुरको खोजी कार्य गरिरहेको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments