ट्यांकरको ठक्करबाट पैदल यात्रुको मृत्यु

बिहिबार, माघ २, २०७६



चितवन । ट्यांकरको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्यांकरको खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृत्यकको पहिचान खुल्न नसकेको र शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments