जितपछि ट्रम्पले भने ‘म अमेरिकीको सपना पूरा गर्छु’

loading...

बिहिबार, कार्तिक २५, २०७३

काठमाडौं २४ कात्तिक (एजेन्सी) अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले पहिलो सार्वजनिक सम्बोधन गरेका छन् । उनले अमेरिकाको विकास दर दुई गुणाले बढाउने प्रतिबद्धता जनाएका छन्। आफूलाई राष्ट्रपति निर्वाचित गर्ने अमेरिकी जनताप्रति उनले धन्यवाद पनि दिएका छन् ।

चुनाबी नतिजा सार्वजनिक भए लगत्तै न्युयोर्कमा उनले सार्वजनिक सम्बोधन गरेका हुन्। ‘म सबै अमेरिकीको राष्ट्रपति हुँ। मेरो जित अमेरिकालाई माया गर्ने हरेकको जित हो’, उनले भने, ‘हाम्रो चुनाब फगत प्रचार थिएन बरु एउटा अभियान थियो। हामी अमेरिकाको पुनःनिर्माण गर्नेछौं। अमेरिकीको सपना पूरा गर्नेछौं।’

अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउँदै विकास दर दुई गुणले बढाउने उनले बताए।

166 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom