जम्मू काश्मिरमा विस्फोट, मेजरको मृत्यु

आइतवार, फाल्गुन ५, २०७५

जम्मू–काश्मीरको पुलवामामा बिहीबार भएको आत्मघाती आक्रमणको दुई दिनपश्चात शनिबार भारत पाकिस्तान सीमा नजिक एक विष्फोट भएको छ । विष्फोटमा भारतीय सेनाका एक मेजरको ज्यान गएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्दर आनन्दले बताए अनुसार यो घटना राजौरीको नौशेरा सेक्टरमा भएको थियो । ज्यान गुमाएका मेजरको नाम भने सार्वजनिक गरिएको छैन । प्रवक्ता आनन्दका अनुसार शनिबार दिउँसो तीन बजेतिर मेजर नियमित गस्तीमा थिए । उनले भर्खरै खनेको काँचो  माटो देखे । उनले तत्काल जमिनको तलासी लिन थाले, अचानक विस्फोट भयो । त्यहाँ विस्फोटक पदार्थ राखिएको थियो ।

साथै  अर्का एक जवान गम्भीर घाइते भएका छन् । उनको उपचार भैरहेको छ ।

गएको बिहीबार भारतीय सुरक्षाकर्मीको एक बसमा कारबाट आत्मघाति आक्रमण भएको थियो । विस्फोटमा ४२ जना भारतीय अर्ध सैनिक बलका जवानहरुको ज्यान गएको थियो । यसलाई सबैभन्दा घातक आक्रमण मानिएको छ । 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata