घरभित्र पानी पसेपछि ‘ह्युम पाइप’ तेर्स्याएर बाटो अवरुद्ध

बुधबार, भदौ १८, २०७६



काठमाडौं । जोरपाटी– साँखु सडकखण्ड पुन: एकपटक ठप्प भएको छ । घरभित्र खहरे पसेपछि त्यहाँका  स्थानीयवासीले जोरपाटी– साँखु सडक खण्ड ठप्प गराएका हुन्  ।

मंगलबार राति परेको भारी वर्षापछि उर्लिएको खहरे सीधै घरभित्र पसेपछि बाटो बन्द गराउन विवश भएको स्थानीयको गुनासो छ । स्थानीयले बुधबार बिहानैदेखि सडकमा ह्युम पाइप तेर्स्याएर बाटो अवरुद्ध गराइरहेका छन् । स्थानीयको अवरोधको कारण जोरपाटी–साँखु सडक खण्ठ ठप्प छ ।

घरभित्र खहरे पसेपछि स्थानीयले फेरि बन्द गराए जोरपाटी– साँखु सडक

पटकपटक ताकेता गर्दा पनि ठेकेदारले बाटो बनाउनुको सट्टा आलटाल गर्दै आएको र ढल निकास पनि व्यवस्थित नगरिदिँदा खहरे घरभित्र पसेको स्थानीयको गुनासो छ । जोरपाटी–साँखु खडक खण्ड स्तरोन्नति नहुँदा स्थानीयले वर्षाैंदेखि दुःख झेल्दै आएका छन् । “पटकपटक बाटो बन्द गराउँदा पनि ठेकेदारले बाटो बनाउँदैन । सडकदेखि सदनसम्म आवाज उठिसक्यो तै पनि बाटो बन्दैन । बाध्य भएर बन्दको विकल्प रोज्यौँ,” एक स्थानीयवासीले बताए  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata