गौहत्या प्रकरण : दुई जना पक्राउ

शनिबार, भदौ २१, २०७६



गौहत्या छानबिन प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्ट सञ्चालक सत्रिप्त सिंह रहेका छन् ।

उनीहरूलाई शुक्रबार सुर्खेत प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेर सुर्खेत पुर्याएको सुर्खेत प्रहरी प्रमुख एसपी वसन्त रजौरेले बताए । पक्राउ परेकामाथि शुक्रबार नै अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

१३ भदौमा नेपालगञ्जका विभिन्न क्षेत्रबाट ट्रकमा हालेर लगी सुर्खेतको भीरबाट लडाएर ४० भन्दा बढी गाई मारिएका थिए । सो घटनामा संलग्न रहेको आरोपमा यसअघि दुई जना ट्रक चालक र तीन जना सहचालक पक्राउ परिसकेका छन् ।

उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । गृह मन्त्रालयले समेत गौहत्या छानबिन गर्न समिति नै गठन गरिसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata