कोकाकोला जिरो अब नेपालमा

बिहिबार, कार्तिक २५, २०७३

कोका–कोला कम्पनीले आफ्नो नेपाल यात्राको क्रममा अर्को विश्व विख्यात उत्पादन कोक जिरो आजबाट नेपाली बजारमा ल्याएको छ । कोका– कोला जिरो विश्वका १५० भन्दा बढि देशहरुमा उपलब्ध छ । यसकोे उपलब्धताले नेपालमा विद्यमान ब्राण्डहरु कोक, स्प्राईट, फ्यान्टा, माज्जा, स्वेप्स, किन्ले र मिनेट मेड जुसहरुमा थप सशक्तता प्रदान गर्नेछ ।

कोक जिरोको विशिष्टता भनेको“सुगर रहित” भएर पनि यसको स्वाद कोका–कोलाको जस्तै हुनु हो । कोक जिरो नेपालका १५ वटा प्रमुख शहरहरुमा रहेका विभिन्न परम्परागत पसल, आधुनिक ब्यापारिक केन्द्र र कोका–कोलासंग आबद्ध बिशेष स्थानहरुबाट विक्री वितरण गरिने छ ।

कोका–कोला जिरो वा कोक जिरोको नामबाट प्रख्यात यो उत्पादन २० विलियन डलर आम्दानी भएको कोका–कोला कम्पनीको विलियन डलर क्लवमा सबैभन्दा छिटो समावेश हुने ब्राण्ड हो ।

कोक जिरोको सशक्त, विशिष्ट र व्यक्तिगत छविलाई ध्यानमा राख्दै, नेपालका केही प्रख्यात व्यक्तित्वहरुजस्तै नायिका प्रियंका कार्की, गायक सबिन राई तथा गायिका इन्दिरा जोशीले यो उत्पादन सार्वजनिक गरिएको स्थानमा पहिलो अनुभवको आनन्द उठाए र उनिहरुका साथ मञ्चमा कोका–कोेला इन्डिया तथा दक्षिण एशियाका अध्यक्ष श्री वेङ्कटेश किनि र कोका–कोला कम्पनी बोटलीङ इन्भेस्टमेन्टस् ग्रुपका क्षेत्रिय निर्देशक श्री टि. कृष्णकुमारको पनि उपस्थिति थियो ।

कोक जिरो सार्वजनिक कार्यक्रममा बि.आइ.जी का क्षेत्रिय निर्देशक श्री टि. कृष्णकुमारले भने,“हामी नेपालमा भएको हाम्रो व्यवसायको दिर्घकालीन भविष्यका लागि निकै आशावादि छौं । नेपालले सार्क राष्ट्र भित्रको रणनितीक स्थान ओगटेको छ भने हाम्रो प्रमुख बढ्दो बजार पनि हो । कोका–कोला जिरो विभिन्न बजारहरुमा उपभोक्ताहरुको पहिलो छनौट हुँदै आएको छ, हामी निकै खुशी छौं कि कोका– कोला जिरो उत्पादन गर्नका लागि नेपालमै हामीले पू्र्वाधार विकास गरेका छौं । यो तिन किसिमको प्याकहरुमा उपलब्ध हुनेछ– रु.६५ मूल्य पर्ने ५०० मि.लि. को पेट बोटल, रु.७५ मूल्यको ३०० मि. लि. क्यान र रु.४५ मूल्यको १८० मि.लि.को क्यान ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata