केराबाट मनग्य आम्दानी

loading...

बिहिबार, कार्तिक २५, २०७३



Keraजिल्लाको पूर्वी क्षेत्रका किसानले यस वर्ष दसैँ, तिहार र छठपर्वको अवसरमा केरा बिक्रीबाट मनग्य आम्दानी गरेका छन् । पूर्वी क्षेत्रका तपेश्वरी, सुन्दपुर, हँडिया र जोगीदहका किसानले दसैँ, तिहार र छठपर्वमा केरा बिक्री गरी एक लाख ५० हजारदेखि दुई लाखसम्म आम्दानी गरेका तपेश्वरी–४ का विष्णुप्रसाद दाहालले बताए ।

सबैभन्दा बढी मालबोक र चिनियाँ चम्पा जातको केरा बिक्री भएको छ । हँडिया क्षेत्रका किसानले प्रतिपरिवार २५ हजारदेखि ५० हजारसम्मको केरा बिक्री गरेका हँडिया–६ का किशोरदेव चौधरीको भनाइ छ ।

विगतका वर्षको तुलनामा यस वर्ष केरा उत्पादन वृद्धि भएको छ । उदरपुरमा उत्पादन भएको केरा सदरमुकाम गाईघाट, बेल्टार, सप्तरीको कञ्चनपुर, फत्तेपुर र भारदह, मोरङको विराटनगर र सुनसरीको धरानसम्म खपत हुन थालेको छ । “व्यापारी केरा किन्न गाउँमै पुग्ने गरेका छन्,” तपेस्वरीका कपिलप्रसाद भट्टराईले भने ।

जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मोहनलाल फुयाँल ६० प्रतिशत केरा पूर्वी क्षेत्रमा उत्पादन हुने गरेको बताउनुहुन्छ । करिब ५५ प्रतिशत केरा जिल्ला बाहिर खपत हुने गरेको छ । जिल्लामा १४५ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । जिल्लामा अटिया, मुङ्गे्र, मर्चे, कमिले, झप्री, रोगोष्टा, विलियम, हाइब्रिड, मालबोक र चिनिया चम्पा जातका केरा उत्पादन हुँदै आएको बताइएको छ । – See more at: http://nepalpati.com/news/37210/Kera#sthash.KHj0mCfn.dpuf

239 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom