कांग्रेस जागरण : नेताले कम बोल्ने, बढी सुन्ने

शुक्रबार, भदौ २०, २०७६



नेपाली कांग्रेस दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको तयारीमा जुटेको छ।

पार्टीका संस्थापक नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गतेदेखि दोस्रो चरणको हिमाल, पहाड, तराई-मधेस (हिपतम) जागरण अभियान मुलुकभर एकैसाथ सुरु हुने कांग्रेसले जनाएको छ।

असोज ७ गते सम्पन्न हुने जागरण अभियान प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रित हुनेछ। मुलुकभर रहेका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउनेछ।

पहिलो चरणको कार्यक्रमको ढाँचाजस्तै यसपटक पनि वृक्षरोपण गरी कार्यक्रम उद्घाटन गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

‘जननायक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतीकस्वरूप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा १०६ वटा बिरुवा रोपेर अभियानको देशव्यापी रूपमा उद्घाटन गरिनेछ,’ अभियानबारे जानकारी दिन बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘एकै दिन ३४ हजार ९ सय ८० बिरुवा रोपेर अभियानको प्रथम दिन पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पुर्‍याइनेछ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata