कश्मीरबासी कर्फ्यु तोड्दै सडकमा उत्रिए !

आइतवार, साउन २६, २०७६



एजेन्सी । भारत सरकारले  गत सोमवार जम्मू-कश्मीर राज्यलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि नयाँ बहस शुरु भएको छ। भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएर त्यहाँ धारा १४४ लगाएपछी स्थानीय स्तरमा थप असन्तुष्टि बढेर गएको छ ।

भारत प्रशासित कश्मीरका साथै जम्मुको पुन्छ, राजौरी, डोडा र किश्तबाड इलाकामा शुक्रबार ठूलै प्रदर्शन गरिएको भिडियो बीबीसीले सार्वजनिक गरेको छ । धारा १४४ अनुसार ४ जनाभन्दा बढी मानिसलाई सामूहिक रुपमा हिंडडुल गर्न निषेध छ ।

धारा १४४ मात्रै लगाइएपनि जम्मु काश्मीर क्षेत्रमा कर्फयू लागेको भान पर्ने अवस्था छ ।  सरकारले इदको समयमा प्रतिबन्धलाई फुकुवा गर्दै जाने समेत बताएको थियो ।  यद्यपि जुन ठाउँमा अक्सर विरोध प्रदर्शन हुने गरेको थियो ती स्थानमा सख्त नाकाबन्दी भइरहेको छ ।

श्रीनगरको सौरा इलाकामा ठूलो  विरोध प्रदर्शन भएको थियो । सरकारका तर्फबाट यसलाई एउटा सामान्य प्रदर्शन भनिएको छ । तर बीबीसीको टोली त्यहाँ पुग्दा ठूलो संख्यामा मानिसहरु देखिएका थिए । मानिसहरु सौराको सबैभन्दा ठूलो अस्पताल शेर इ काश्मीर इन्स्टिच्युट अफ मेडिकल साइन्सेज क्षेत्रको सडकबाट मानिस इदगाह तर्फ गएका थिए ।

सो सडकमा करिब आधा घण्टामा हजारौं मानिस भेला भएका थिए । मश्जिदमा नमाजपछि विरोध प्रदर्शन भएको थियो । शुरुमा सुरक्षाकर्मीले उनीहरुलाई जान दिएको भए पनि पछि उनीहरुमाथि फायरिङ गरेको थियो ।  प्रहरीले हवाई फायर गरेपछि त्यहाँ भागदौड मच्चिएको थियो । त्यसपछि सौरा इन्स्टिच्युटमा ८ घाइते उपचारार्थ गएका थिए ।

त्यसमा दुई महिला पनि छन् । एक युवाको खुट्टामा गोली लागेको थियो । मुसलमानको पर्व इद आइरहेको छ । यो इद उल अजहा हो ।  यसका लागि कैयौं भेडा र बाख्रा राखिएको छ ।  जो मानिसका लागि कुर्बानी आवश्यक हुन्छ यसको लागि बाख्रा र भेडा पाउन नै समस्या हुने बीबीसीले जनाएको छ । किनकि ईदगाहमा भेडा सबैभन्दा बढी आवश्यक हुन्छ । इदको रौनक कतैपनि देखिएको छैन । कुनै खरिद बिक्री पनि छैन । बीबीसी टोलीले केही मानिसलाई इदको तयारीको बारेमा जिज्ञासा राख्दा उनीहरुले बीबीसी टोलीलाई नै उल्टो सोधेका थिए–इद कहिले हो ?

यसबाट महसुस भयो कि भारत सरकारको फैसलाबाट यहाँका मानिस सन्तुष्ट छैनन् । अहिले काश्मीरमा जुन हालत छ अर्थात् कर्फयुको अवस्था सिर्जना भएको छ, त्यो स्थानीय बासिन्दाका लागि नयाँ कुरा होइन । उनीहरुलाई यस खालको गतिविधि यसअघि पनि भोग्दै आइरहेका छन् । यसभन्दा अघि घाटीमा कर्फयु लाग्दै आइरहेको छ । यसपटक फरक यो छ कि घाटीमा प्रतिबन्धका साथै विवशता पनि देखिएको छ । यसको कारण महबुबा मुफ्ती र उमर अब्दुल्लाह नै विवश देखिएका छन् ।  यो पनि भनिदैछ कि यी नेताका जो कार्यकर्ता थिए उनीहरुलाई आग्रामा पठाइएको छ ।

शुरुका चार दिनमा बीबीसीको टोली जहाँ गयो सुरक्षाबल निकै नरम देखिएको थियो । जुन स्थानमा जानको लागि रोक लगाइएको थियोे ती स्थानको बारेमा सुरक्षाबलले राम्रोसँग जानकारी दिएको थियो ।

बीबीसीले  जम्मु काश्मीर प्रहरीसँग कुराकानी गर्दा उनीहरुले जम्मु कश्मीर प्रहरी र सीआरपीएफ सदा झैं मिलेर काम गरिरहेको बताए । यद्यपि प्रहरीको भनाइमा यो पटक सीआरपीएफको रबैया केही बदलिएको छ । श्रीनगरको सौरामा जुन प्रदर्शन भयो त्यसमा पनि जम्मु कश्मीर प्रहरीकै तर्फबाट फाइरिङ भएको थियो । जबकि सीआरपीएफले ती प्रदर्शनकारीलाई तीन वटा नाकाबाट निस्कन दिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata