ओखलढुंगाको कुइभीरमा जिल्लाको अहिलेसम्मकै ठूलो शिविर सञ्चालन गरिने

मङ्लबार, मंसिर १४, २०७३

loading...


ओखलढुंगाको सुदुरपूर्वमा रहेको कुइभीर गा.वि.स.मा निस्शुल्क स्वस्थ्य शिविर सञ्चालन हुने भएको छ । लाइटस्टार युवा क्लबको आयोजनामा स्थानीय संघसंस्थाहरुको सहयोगमा पौष १५ र १६ गते शिविर सञ्चालन गर्न लागिएको हो । कुइभीर उच्च माविको प्राङगणमा सञ्चालन हुने उक्त शिविर विरामीको चाप अनुसार १७ गते पनि सञ्चालन गर्न सकिने आयोजकले जनाएको छ ।

गाउँमा भएको स्वास्थ्य चौकीमा आवश्यक औषधी तथा स्वास्थ्यकर्मीको समेत अभावका कारण समान्य रोगको पनि उपचार हुन नपाइरहेको अवस्थामा क्लबले नोबेल हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको लाइटस्टर युवा क्लबका अध्यक्ष प्रवेश राईले बताएका छन् । राईका अनुसार उक्त शिविरमा ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका १२ वटा गाबिसका करिब २ हजार विरामीहरु लाभान्वित हुने छन् ।

कुइभीरवासी तथा कुइभीरमा रहेका सम्पूर्ण संघ–संस्था, समूहहरुको अपनत्वको भावना होस भन्ने अभिप्रायले सबै संघ–संस्था तथा समूहहरुलाई कार्यक्रमको सहयोगी संस्थारसमुहको रुपमा रहनेगरी पत्राचार गरिसकेको कार्यक्रम संयोजक गोविन्द कोइरालाले बताएका छन् । कोइरालाका अनुसार शिविर सञ्चालनका लागि विभिन्न संघ–संस्थाहरुले सहयोग गर्ने प्रतिवद्धता समेत जनाइसकेका छन् । शिविरमा प्रयोग हुने औषधीको लागि विभिन्न सरकारी तथा गैह्रसरकारी संघ–संस्थाहरुसंग कुरा भइरहेको भएपनि आवश्यकता अनुसारको औषधीको व्यवस्था भइनसकेको कोइरालाले बताए ।

शिविरमा जेनेरल मेडिसिन तथ मुटु रोग, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाकरकानरघाँटी, आँखा परिक्षण तथा उपचार, दन्त परिक्षण लगायतका सेवाहरु निस्शुल्क गरिने आयोजकले बताएको छ । यस्तै उक्त शिविरमा इ.सि.जी.भिडियो एक्सरे र ल्यावको समेत व्यवस्था मिलाइएको छ ।

शिविर जिल्लाको अहिलेसम्मकै सबैभन्दा ठूलो र सम्पूर्ण सुविधा सहित सञ्चालन हुने भएको छ ।

1494 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!