उच्च अदालतको न्यायाधीशमा १२ को नाम सिफारिस

बिहिबार, मंसिर ५, २०७६



न्यायापरिषद्को बैठकले उच्च अदालतका न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो ।

परिषद्ले जिल्ला न्यायाधीशबाट ६ जना कानुन व्यवसायीबाट ५ जना र एक जना न्यायसेवाका कर्मचारीबाट नाम सिफारिस गरेको छ । यसैगरी आठ जना उच्चअदालतका न्यायाधीशको सरूवा सिफारिस पनि गरेको छ ।

आजको गोरखापत्रमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata