आज १५० औँ गान्धी जयन्ती, मोदी आज भारतलाई खुला दिसा मुक्त देश घोषणा गर्दै

बुधबार, अशोज १५, २०७६



एजेन्सी । आज हात्मा गान्धीको १५० औं जन्म जयन्ती, भारतमा विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । आजै भारतका दोस्रो प्रधानमन्त्री लाल बहादुर शास्त्रीको पनि ११६औं जन्मजयन्ती समेत मनाइँदैछ ।

भारतका विभिन्न स्थानमा यस अवसरमा कार्यक्रम आयोजना गरिएका छन् ।  प्रधानमन्त्री नरेन्द्र मोदी आज(बुधबार) बिहानै राजघाट गएर गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यसपछि उनी लालबहादुर शास्त्रीको समाधीस्थल विजयघाट पुगेर पूर्वप्रधानमन्त्रीलाई श्रद्धाञ्जली दिएका थिए ।

राजघाटमा मोदीसँगै लोकसभाका अध्यक्ष ओम बिरला, दिल्लीका उपराज्यपाल अनिल बैजल, केन्द्रीय मन्त्री पीयूष गोयल र हरदीप पुरी पनि गएका थिए । त्यसभन्दा अघि विपक्षी कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धी र भाजपाका कार्यकारी अध्यक्ष जेपी नड्डापनि महात्मा गान्धीको समाधीस्थलमा पुगेर श्रद्धाञ्जली दिएका थिए ।

मोदी गान्धी जयन्तीको अवसरमा आज गृहनगर गुजरात जान लागेका छन् । उनले आजै भारतलाई खुला दिसा मुक्त देश घोषणा गर्ने भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata