अविश्वासपूर्ण त्रास

शनिबार, साउन २५, २०७६



सत्तारुढ नेकपामा तीन समूह बलिया छन्– अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल ।
तीमध्ये एउटा समूह अर्कोसँग मिलेर मुद्दामा बहस गर्दा जदुई धार देखिने गरेको छ । तर, तीन पक्ष एकअर्काप्रति सशंकित छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीलाई आफ्नै पहलमा भएको पार्टी एकीकरणले आफैंलाई कमजोर बनाउला कि भन्ने त्रास छ ।

अर्का अध्यक्ष दाहाललाई कतै पूर्वएमाले पंक्ति एक ढिक्का भएर आफूलाई किनाराको साक्षी बनाइदिने हुन् कि नभन्ने डर छ । वरिष्ठ नेता नेपालको त्रास पनि आफ्नै खालको छ । आउँदो महाधिवेशनमा अध्यक्ष बन्ने दाउमा रहेका नेपाललाई कतै आफ्नो भूमिका कमजोर पो बनाइदिने हुन् कि भन्ने चिन्ता छ । जसका कारण नेकपामा एक नेताले अर्कालाई झट्ट विश्वास गर्न सकेका छैनन ।

बाहिर देखाउनकै लागि भए पनि नेतामा विश्वास देखाए पनि भित्र भने संशयपूर्ण सम्बन्धका कारण भ्वाङ पर्दै जान थालेको छ ।

‘हामी सबै सम्हालिएर हिँड्नुपर्छ। सम्हालिएनौं भने सिद्धिन्छौं। पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन म जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ। उहाँ (प्रचण्ड) ले ल्याउनुभयो, मैले हस्ताक्षर गरिदिएँ। त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ।’
-केपी ओली, प्रधानमन्त्री तथा अध्यक्ष, नेकपा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata