अमेरिकामा एएनएस दशैं ,तिहार ,छठ तथा नेपाल सम्बत शुभकामना समारोह

बुधबार, कार्तिक १०, २०७३

loading...

डीसी महानगर क्षेत्रमा स्थापना भएको उत्तर अमेरिका कै नेपाली समुदायको जेष्ठ मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीको दशैं ,तिहार ,छठ तथा नेपाल सम्बत शुभकामना समारोह सम्पन्न भएको छ ।

हरेक बर्ष लामो समय देखि मनाउदै आएको उक्त कार्यक्रम यस बर्ष अझ बिशेष कार्यक्रमको साथ मनाईएको छ नेपालका लागि अमेरिकन पूर्व स्व राजदुत एल्सवर्थ बंकर मानार्थ सभापति रहेको अमेरिका नेपाल सोसाइटी बंकर भिषण भियतनाम युद्धमा भियतनाम को लागि राजदुत भएको अमेरिका को राजधानी वाशिंटन डीसीमा यो संस्था स्थापना भएको हो । १९६७ मा स्थापना भएको यो संस्था अर्को बर्ष ५० बर्षमा पुग्दै छ ।

वाशिंगटन डीसी स्थित नेपाली राजदुताबास तथा अमेरिका नेपाल सोसाइटीको सयुक्त आयोजनामा यस बर्षको एक मुष्ठ चाडपर्वहरु दशैं ,तिहार ,छठ तथा नेपाल सम्बत लाई समेट्दै शुभकामना समारोह सफलता पूर्वक सम्पन्न भएको छ ।

औपचारिक कार्यक्रम ,सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम साथ सम्पन्न भएको उक्त शुभकामना कार्यक्रममा डीसी महानगर क्षेत्र वरपरका बिदेशी अतिथिहरुले समेत शुभकामना दिएका थिए ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीले शुभकामना मन्तब्यको साथ सम्मानित हुनेहरुलाई प्रशंसा पत्र वितरण गरेका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका सभापति जीवन तिवारीले गरेका थिए ।

बिगत बर्ष भन्दा यस पटक ज्यादा सांस्कृतिक कार्यकमलाई ज्यादा प्राथमिकता को साथ प्रस्तुति गरिएको थियो भने अमेरिकामा जन्मेका दोश्रा पुस्ताका बालबालिकाले नेपाली राष्ट्रिय गीत तथा अन्य सर्बाधिक लोकप्रिय गीत आदिमा नेपाली पहिरन साथ आफ्नो कला प्रस्तुत गरेका थिए । यसै गरि स्थानीय स्तरमा रहेका प्रतिभाशाली समुह ,कलाकारले समेत सांगीतिक प्रस्तुति गरेका थिए ।

बिशेष बालबालिकाको लागि नृत्य प्रस्तुतिको सम्पूर्ण तारतम्य मिलाउने तथा उनीहरुलाई अवसर दिनु पर्छ भन्ने मान्यता राख्दै प्रभा भट्टराई देउजाले गरेकी थिइन् । स्वयम प्रभा देउजाले नृत्य निर्देशन समेत गरि बालबालिकाका लागि पहिरन समेत व्यवस्था गरेकी थिइन् ि

कार्यक्रममा समाजमा निस्वार्थ भावना तथा स्वयम् सेवक रुपमा काम गर्ने बिशेष व्यक्तिहरु ,कलाकार ,नेपाल र नेपाली को नाम उच्च राख्ने कराते खेलाडी उज्ज्वल ठकुरी तथा संचार माध्यमहरुलाई सम्मान गर्दै प्रमाण पत्र प्रदान गरिएको थियो ।

215 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom