अञ्जना महत हत्याकाण्डमा अर्को ट्वीस्ट

शनिबार, जेष्ठ ४, २०७६



 ४ जेठ, काठमाडौं । २०७६ २६ वैशाखमा ललितपुरको ढोलाहिटीका  म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको घटनाले जो सर्बसाधारणलाई अचामित बनाएको थियो ।महानगरीय प्रहरी वृत्त, चापागाउँका प्रमुख राजकुमार खिउजुले प्रहरी सेवामा प्रवेश गरेको दुई दशक बितिसक्दा , यस्तो विभत्स घटना  नदेखेको बताएका थिए ।महानगरीय प्रहरी वृत्त, चापागाउँ स्रोतका अनुसार अञ्जना महत हत्याकाण्डमा अर्को  ट्वीस्ट आएको छ ।

उज्वलको पारिवारिक पक्षले  उज्वल मानसिक रोगी भएको दाबी सार्वजनिक भइरहँदा यता  प्रहरी अनुसन्धानले वेग्लै विषय उजागर गरेको हो ।महानगरीय प्रहरी वृत्त, चापागाउँ स्रोतका अनुसार घटना हुनुअघिबाटै उज्वल भाइ प्रज्वल र बुहारी अञ्जना महतसँग असन्तुष्ट थिए ।

२६ वैशाखमा घरमा आमा र बुहारी मात्रै भएका बेला उनले खुकुरी प्रहार गरेर अञ्जनाको विभत्स हत्या गरेका थिए ।

चापागाउँ प्रहरीका एक अनुसन्धान अधिकारी भन्छन्, ‘हामीलाई बयान दिने क्रममा उनले बुहारीसँग पहिल्यैदेखि असन्तुष्ट रहेको बताएका छन्। ती प्रहरी अधिकारीका अनुसार उज्वल भाइ बुहारीले  घर बन्धकी राखेर क्यान्डा जाने प्रक्रिया थालेलगत्तै  असन्तुष्टि व्यक्त गरेका थिए । उनले बुहारीको गतिविधिलाई पनि शंकास्पद दृष्टिले हेर्ने गरेको प्रहरी बताउँछ ।

हत्या गरेलगत्तै आफैं प्रहरीलाई खबर गर्न लगाएका उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

चापागाउँका डीएसपी राजकुमार खिउजु भन्छन्, ‘अहिले बयान लिने काम भइरहेको छ । बयान सकिएपछि केही बताउन सकिएला ।’पाटन अस्पतालमा अञ्जनाको शव पोष्टमार्टमका लागि पठाइएको थियो । जसको रिपोर्ट अझैसम्म आएको छैन ।पोष्टमार्टम रिपोर्टले घटनाको थप पाटोबारे उजागर गर्ने अनुसन्धान अधिकारीको विश्वास छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata