भारतीय अतिक्रमण विरुद्ध सरकारले तु कदम चालोस्: प्रवक्ता श्रेष्ठ



काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय अतिक्रमणबारे विरोध जनाएका छन् ।

विश्व कोरोना महामारी सङ्कटले गुज्रिरहेको अवस्थामा भारतले शुक्रवार चीनको मानसरोवर जोड्न भारत सरकारले एकतर्फी रूपमा लिपुलेक हुँदै सडक उद्घाटन गरेको विषयमा प्रवक्ता श्रेष्ठले आक्रोश व्यक्त गरेका हुन ।

उनले ट्विट मार्फत भनेका छन्, भारतले अनधिकृत रूपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु।हामी सबै कोरोना विरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुद्ध सरकारले तु कदम चालोस् ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments