आफ्नै बुबाकाे हत्या गर्ने छाेरा पक्राउ



धनुषा । आफ्नै बुबा ५५ वर्षीय शौकिया सदालाई फलामको रड प्रहार गरी हत्या गरेको अभियोगमा शहिदनगर नगरपालिका-९ डुमरिया बस्ने ३० वर्षीय नथूनि सदालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिवादको कारण नथुनिले आफ्नै बुबालाई टाउकोमा फलामको रडले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यदुकुवा र प्रहरी चौकी चोराकोयलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । लकडाउन उल्लंघन गरी नवाज पढिरहेको

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments