युवराजलाई कसले पार्यो खुकुरीको चोटमा ? (भिडियो सहित)

शुक्रबार, माघ १२, २०७४

loading...


काठमाडौं । खुकुरीको चोटको उखान उल्लेख गर्न जति सजिलो छ त्यसले दिएको चोट सहन त्यो भन्दा पनि कठिन छ । यस्तै कठिन पिडाको सामना गर्दैछन् मोडल युवराज वस्ती । अर्की मोडल सागरी कार्कीले दिएको चोटको सामना गरेका छन् वस्तीले । चर्चित गायक प्रमोद खरेलले गाएको नयाँ गीतको भिडियोमा उनले यस्तो साना गर्नु परेको हो ।

पछिल्लो समयमा निरनतर सांगीतिक सामाग्रीको श्रृजना तथा उत्पादनमा सक्रिय व्यक्तिको रुपमा चिनिन्छन् गायक तथा संगीतकार ताराबीर पाण्डे । नयाँ सर्जक अमरराज रुचालको शब्दमा उनै पाण्डेले संगीत गरेको खुकुरीलाई के थाहा अचानोको पिडा बोलको गीत प्रमोद खरेलले गाएका हुन् भने यसको अडियो तथा भिडियोको व्यवस्थापन स्टुडियो यमनले गरेको हो ।

मानवीय जिवनमा विस्वास गर्दा गर्दै आई पर्ने धोकाधडीको विषयलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको भिडियोको निर्देशन राघव आचार्यले गरेका छन् । जनकराज अधिकारीको छायााकनमा युवराज वस्ती, सागरी कार्की र बिशाल कार्कीले भिडियोमा अभिनय गरेका छन् भने तुलसी बाँस्कोटाले भिडियोको सम्पादन गरेका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

170 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank