गायिका विष्णु माझिको यो दशैंमा आऊ भिडियो सहित

शनिबार, अशोज २०, २०७५

loading...


काठमाडौं । हिन्दुहरुको महानचाड दशैंको अवसर पारेर गायिका बिष्णु माझी र बिष्णु खत्रीकोकाे अावाजमा रहेकाे  यो दशैंमा आउ गीतकाे भिडियाे सार्वजनिक भएकाे छ ।  घर छोडी बिदेशीएकाहरु ,   घर  बिदा नपाएकाहरु जो कोहि हुन् उनीहरु घर आउन नपाउदा पक्कै मन दुख्छ । अझ भन्नु पर्दा देश र जनताको सुरक्षामा अहाेरात्र नभनी खटिएका सुरक्षाकर्मीहरु दशैंमा घर जना नपाउदाको पीडा गीतमा समेटीएकाे छ ।

म्युजिक भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् । राजु महोत्रा, रश्मि भट्ट, मीरा महोत्रा लगायतको उत्कृष्ट प्रस्तुति रहेको भिडियोलाई सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा छायांकन गरिएको छ । सार्बजनिक हुनासाथ दर्शनको मन मस्तिस्कमा बस्न सफल यो गीतको भिडियोले सम्पूर्ण नेपाली हरुको मन छुन सफल बनेको छ । सगुन शर्माको श्रृगार रहेको भिडियोलाई गुल्मी, बुटवल र नवलपरासीको लगायतका विभिन्न स्थानमा छायांकन गरिएको छ । अविरल फिल्म लेदृश्येनिर्माण गरेको छ भने स्वाभिमान क्रियशनले बजारव्यवस्थापन गरेको छ ।
यस्तो छ भिडियो हेर्नुहोस

209 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank