अजय देवगनको पिता एवं एक्सन र स्टन्टका दुनियाँका चर्चित नाम ‘विरु देवगन’ रहेनन्

मङ्लबार, जेष्ठ १४, २०७६

loading...


एजेन्सी । बलिवुड सुपरस्टार अजय देवगनका पिता विरु देवगनको मुम्बईमा निधन भएको छ । स्टन्ट मास्टर विरु देवगन चलचित्र निर्देशनको अलावा स्टन्ट कोरियाग्राफी पनि गर्दथे ।

हिजो(२७ मे) मा  ७७ वर्षका विरु देवगनले मुम्बईमा अन्तिम सास लिए । उनी लामो समयदेखि बिरामी थिए । उनको कार्डियाक आरेस्टको कारण मृत्यु भएको बताइएको छ ।  विरु देवगनका दुई छोरा अजय र अनिल देवगनसहित दुई छोरी छन् । विणा देवगन उनकी श्रीमतीको नाम हो ।

अस्सीको दशकमा एक्सन र स्टन्टका दुनियाँमा चर्चित नाम विरु देवगनले  करिब १५० बढी फिल्ममा एक्सन र फाइट सीन कोरियोग्राफ गरेका थिए । त्यो समय एंग्री योंग म्यान र एक्सन फिल्मको थियो जसमा विरु देवगनले थुप्रै एक्सन दृश्यको निर्देशन गरेका थिए ।

उनी एक्सन निर्देशनका साथै फिल्म निर्देशन पनि  गरेका थिए । उनले सन् १९९९ मा रिलिज भएको फिल्म ‘हिन्दुस्तानकी कसम’ बनाएका थिए ।

घरबाट भागेर गए मुम्बईः

१४ वर्षको उमेरमा घर (अमृतसर) छोडेर मुम्बई छिरेका थिए उनी हिरो बन्न चाहन्थे ।  निकै संघर्ष पश्चात मात्रै उनी मुम्बईमा टिक्न सके । यसका लागि उनले विभिन्न कामहरु पनि गरे ।

आफ्नो अभिनयले पकड बनाउन नसकेपछी उनले एक्सन निर्देशनको रुपमा काम गर्न शुरु गरे ।  लाल बादशाह, ईश्क, इंकार, मिस्टर नटवरलाल, क्रान्ति, हिम्मतवाला, शहंशाह, त्रिदेव, बाप नम्बरी बेटा १० नम्बरी, फूल और काँटे, आजका नयाँ अर्जुन, कयामत र खुन भरी मांगजस्ता फिल्ममा एक्सन दृश्यको निर्देशन उनैले गरेका हुन्  ।

आफू सफल हिरो बन्न नसकेपछि उनले आफ्ना जेठो छोरा अजय देवगनलाई हिरो बनाउने निर्णय गरे । यद्यपी, अजय देवगनले कपिल शर्मा शोमा आफूले कहिले पनि अभिनयमा आउनेबारे नसोचेको बताए । उनले असिस्टेन्ट निर्देशकको रुपमा करियरको सुरुवात गरेका थिए । तर पिताले उनी अभिनयमा नै आउनुपर्ने बताएपछि आफूले यसबारे सोच्न शुरु गरेको उनले बताए ।

पिताको केही इच्छा र अजय देवगनको अथाह मेहनतले उनलाई फिल्मी दुनियाँका सुपरस्टार बनायो । यद्यपी, विरु देवगन आफैंले सौरभ, क्रान्ति र सिंघासनजस्ता फिल्ममा अभिनय गरेका थिए ।

उनको मृत्युको खबर सार्वजनिक भएलगत्तै सोसल मिडियामा फिल्म जगतसँग जोडिएका व्यक्तित्वले आफ्नो शोक व्यक्त गर्न थालेका छन्  ।

Anupam Kher

@AnupamPKher

Deeply saddened to know about the passing away of  ji. Worked with him in so many movies. He was a great action director. To him him the safety of actors and his fighters team was of utmost importance. A kind man with a great sense of humour. Om Shanti.🙏 @ajaydevgn

1,188 people are talking about this

Akshay Kumar

@akshaykumar

Extremely sad to hear about the demise of , one of the finest action directors of our industry. My heartfelt condolences to @ajaydevgn and family 🙏🏻

2,749 people are talking about this

Mahesh Bhatt

@MaheshNBhatt

 & I began our career together in the 70’s. “Make Ajay a great actor.” I remember him telling me after Ajay’s debut film became a big hit. Ajay & me finally worked together in Zakhm which won him his 1st (best actor ) national award. 🙏Adieu Partner @ajaydevgn

583 people are talking about this
View image on TwitterView image on TwitterView image on Twitter

Raj Babbar

@RajBabbarMP

Passing away of  ji is a personal loss. I remember today sequences from ‘Hum Panch’ & films like Amiri Ghribi, Itihas etc. in which I worked with the ace Action Director.
1/2

239 people are talking about this
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata