राजधानीमा ‘उर्वसी’ विमोचित

शुक्रबार, मंसिर २४, २०७३

loading...


 गायिका सरस्वती लामाको गीति एल्वम उर्वशी विमोचन गरिएको छ । जापानका लागि पूर्व राजदुत गणेश योञ्जनको प्रमुख आतिथ्यतामा एल्वम उर्वसीको विमोचन गरिएको हो । विमोचन कार्यक्रममा गायक तथा संगीतकार यम बराल, संगीतकार शान्तिराम राई, बसन्त सापकोटा, हरि लम्साल, स्पन्दन स्पराहाङ राइ, संगीत गुरु गुरुदेव कामत लगायतको उपस्थिति रहेको थियो ।

यस एल्वममा पाँचवटा गीत समावेश गरिएको छ । गायिका लामाले यस अघि उत्तरपूर्व गीति एल्वम बजारमा ल्याइसकेकी छन । बागबजारको सिटी म्याक्स हलमा आयोजना गरिएको विमोचन समारोहमा बोल्दै जापानका लागि पूर्व राजदुत गणेश योञ्जनले गायिका लामाको साङगीतिक यात्राको कामना गर्दै उवसी एल्वम दर्शक तथा श्रोताहरुको रोजाइमा पर्नेमा आफु विश्वस्त रहेको बताए ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली संगीत र कलाकारको पीडाका बारेमा प्रष्ट पारेका थिए । उनले नेपाली संगीतको घर नै रुनाधुना हुने भएकाले बजार लिन नसकेको उल्लेख गरेर । माइकल ज्याक्सन, ग्याङगम स्टाइलका साइल जस्ता गायक अहिले विश्वमा नै चर्चा कमाउन रोमान्टिक गीतकै कारण भएको उल्लेख गरे ।

यता उर्वसी एल्वम बजारमा ल्याउन पाएकोमा आफु निकै खुसी भएको गायिका सरस्वती लामाले बताएकी छन । पहिलो एल्वम दर्शक तथा श्रोताहरुले रुचाएका कारण दोश्रो एल्वम ल्याउने हौसला मिलेको गायिका लामाले बताइन । गायिका लामाद्धारा विमोचन गरिएको उर्वशी एल्वमा ‘यो छोरीलाई..’, ‘उर्वसी हुँ म उर्वसी’, ‘खाली छ खाली’, कुर्ता सु्रुवाल लाउ कि..’ , ‘भात गाउले टोपि’ जस्ता बोलका गीतहरु समावेश गरिएका छन । उक्त गीतहरु क्रमश भीम राइ, कृष्ण केसी, नरेश भट्टराई, डिम्पल लिम्बु र बसन्त सापकोटाले लेखेका छन भने गीतमा संगीत क्रमश स्पन्दन स्वराहाङ राई, बसन्त सापकोटा, हरि लम्साल, शान्तिराम राई, बसन्त सापकोटाको रहेको छ । एल्वमलाई उत्तरपूर्व संगीत एण्ड सिनेमा प्रालिले बजारमा ल्याएको हो

685 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank