बसन्त र राजको सन्देशमुलक गित उद्धार गरौं याे मानवताकाे सार्वजनिक

शुक्रबार, चैत्र २१, २०७६

loading...


काठमाडौं । गायक राज सागरले बिहिबार एउटा सन्देशमुलक गितको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु बिगत १० दिनदेखि लक डाउनको अबस्थामा घर भित्रै छन् ।

 गायक तथा संगीतकार राज सागरले नयाँ गीत उद्धार गरौं यो मानवताको भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो । यो गितलाई कवि तथा गीतकार बसन्त चौधरीले लेखेका हुन् । गीतमा कोरोना भाईरसलाई मानवताको बिसालु बैरी र बिनासकारीको रुपमा चर्चा गरेका छन् ।

 गित मार्फत गीतकार चौधरीले अहिले दयनीय अबस्थामा रहेको मानिसको उद्धार गर्नु पर्ने बताएका छन् । यसबाट आफु जोगिन, अरुलाई पनि जोगाउन र सँकटमा रहेकाहरुलाई उद्धार गर्न गीतबाट चौधरीले आह्वान गरेका छन् । यस्तो अबस्थामा साहस जुटाउन र हिम्मत नहार्न पनि गीतकार चौधरीको सबैलाई अनुरोध छ ।

शब्द आफैंमा राम्रो र सन्देश मुलक भएकाले अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरी लिरिकल भिडियोको रुपमा दर्शकसामु ल्याएको गायक राजले बताए ।  भ्वाईस अफ नेपालको स्टुडियोमा दीप घतानीले रेकर्ड गरेको यो गीतमा संगीत पनि गायक राज सागरकै छ । गीत निकै कर्णप्रिय बनेको छ । गीतको संगीत संयोजना राहुल विश्वकर्माले गरेका हुन् । गीतको भिडियोलाई भि ओ एन युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

हेर्नुहाेस भिडियाे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments