२.० को ट्रेलर सार्वजनिक रजनीकान्त र अक्षयकुमारको भिडन्त

आइतवार, कार्तिक १८, २०७५

loading...


मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनित २.० फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक भएको २० घण्टामा २ करोड मनिसले हेरेको उक्त चलचत्रिमा अक्षयकुमारले भिलेनको भूमिका निभाएका छन् ।

२.० काे ट्रेलर हिन्दी, तेलगु र तमिल भाषामा एक साथ सार्वजनिक गरिएको छ । सन् २०१० मा बनेको चलचित्र रोबोटको दोस्रो भाग मानिएको २.० ले धेरैको ध्यान खिच्नुको मुख्य कारण अक्षय कुमारलाई मानिएको छ ।

ट्रेलरमा देखाइए अनुसार शहरभरमा रहेको मोवाइल फोन भिलेनले आफ्नो चुम्बकीय तागतले आफ्नो सामु ल्याउने छ । ततपश्चात चीलको रुप धारण गर्दै शहरमा आतंक मच्चाउने छ ।  बैज्ञानिककाे  भूमिकामा रहेका रजनीकान्तले रोबोटको चिट्टीलार्इ  बोलाउने छन् ।  फिल्ममा मानिसबाट मोबाइल गायब हुनाको कारण बुझ्न दर्शकले सिनेमा घर सम्म पुग्नै पर्ने देखाएको छ ।

95 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank