‘झन् नराम्रो सोच्लान भनेर त्यो सिन राखिनँ’ (भिडियोसहित)

शुक्रबार, जेष्ठ १८, २०७५

loading...


अष्ट्रेलियामा कर्मथलो बनाएकी गायिका टिएम केसी ‘शोभा’ले नेपाल छाडेपछि तीन वटा गीत बजारमा ल्याएकी छिन् । सानैमा एउटा बाल गीत ल्याएकी केसीले अष्ट्रेलियन मोडललाई विकिनीमा अभिनय गराएकी छिन् । उनै गायिका केसीसँग नेपालपाटी डटकमले गरेको कुराकानी ।

तपाई गीत संगित क्षेत्रमा कसरी लाग्नुभयो ?
म सानैदेखि स्कूलको कार्यक्रमहरूमा भाग लिन्थेँ । बाल कलाकार हुँदै अगाडि बढेँ । परिवारको साथ र गुरुहरूको सहयोगले कलाकारिता सुरु गरेँ । तर, बीचमा छाड्नुप¥यो ।

बीचमा छाड्नुपर्ने अवस्था कसरी आयो ?
परिवारिक समस्या अनि गाउँघरको सानो सोचका कारण छाड्नुपर्ने अवस्था आयो । गाउँमा त्यति पढेका मानिसहरू थिएनन् । घरपरिवारमा समाजबाट दवाव आउँथ्यो, त्यही कारण छोड्नुप¥यो ।

फेरि गाउन थाल्नुभयो, अहिले चाहिँ सपोर्ट कस्तो छ ?
अहिले त धेरै नै सपोर्ट पाएको छु ।

तपाईले अहिलेसम्म कति वटा गीत निकाल्नुभयो ?
बाल गीत एउटा र अष्ट्रेलिया आएपछि तीन वटा गीत निकालेँ ।
तपाईले भर्खरै निकाल्नुभएको म्युजिक भिडियो ‘म मा तिमी छौँ’ कसरी बन्यो ?
लाईफमा यस्तै मोडहरू आउँछन् । जसले यो गीत गर्न बाध्य भएँ यो मेरो जीवनको सत्य कथा हो ।

गाउँघरको सानो सोच भन्नुभयो । अष्ट्रेलियामा कति फरक पाउनुभयो ?

जुन बेला म भर्खरै स्टेज शो गर्न सुरु गरेको थिएँ । त्यो भन्दा धेरै नै फरक पाएको छु । त्यो बेलाभन्दा अहिले धेरै बुझ्ने पनि भएको छु । जिम्मेवारी पनि थापा पाएको छु । तर, नेपालीपन विर्सन सकिन्नँ । जहाँ भएपनि आफ्नो देश भनेको आफ्नै हो ।

पछिल्लो समय गीत संगितमा छाडापन भित्रियो भनिन्छ, तपाईलाई के लाग्छ ?
समयअनुसार गीत आएको राम्रो हो । तर, छाडा गीतहरूले अव आउने पुस्तालाई राम्रो हुँदैन । त्यसैले छाडा गीतलाई रोक्नुपर्छ । मिडियाले पनि प्रमोट गर्न रोक्नुपर्छ । तर, आजभोलि यस्तै गीत आयो भने मात्र मिडियाले कभर गरेको हुन्छ । टीआरपी हेर्छ । राम्रो सिंगरलाई चान्स दिनुपर्छ जस्तो लाग्छ । गल्ती भए माफ पाउँ है ।

तपाईले पनि दर्शक तान्न भिडियोमा विकिनी लगाएर मोडललाई देखाउनुभयो नि होइन ?
हाहाहा…..त्यस्तो होइन । कथाले मागेको अनुसार अष्ट्रेलियन टप मोडललाई राखेको हो । बेड सिन थियो, त्यो नराम्रो हुन्छ भनेर स्वीमिङ पुलको सिन राखेको हो । त्यहाँ विकिनी नलगाएर साडी लगाउन मिलेन नि । स्वीमिङ पुलको सिन छ भनेको मोडल विकिनीमा तयार भएर आइहाल्नुभयो । फेरि विकिनी लगाउनु ठूलो कुरा पनि होइन । नेपालका पनि सवै मोडलले लगाएका छन, म पनि लगाउँछु ।

बेड सिन चाहिँ किन राख्नुभएन ?
बेड सिनले अली झन नराम्रो सोच्लान भनेर हो । यो अष्ट्रेयिलयामा नेपालीहरूको कथा नै हो ।

विकीनीले मात्र म्युजिक भिडियो चल्ने रहेनछ भन्ने निष्कर्षमा पुग्नुभएको हो ?
पक्कै, गीत राम्रो हुनुपर्छ । परिवारसँग बसेर हेर्न सक्ने हुनुपर्छ ।

भ्यू त फेरि अली बढी नै शब्द र भिडियो भएकाको देखिन्छ नि ?
आफू बेइजत भएर नाम कमाउन छैन मलाई । मलाई नेपाली दाजुभाई दिदीबहिनीको माया चाहिन्छ, गाली होइन । भित्र लुकीलुकी हेर्ने अनि बाहिर ठूला कुरा गर्ने धेरै छन् । तर, जहिले पनि सत्यकै जित हुन्छ ।

गीतसंगितमा माया प्रेमका कुरा धेरै हुन्छन किन् ?
खोई, त्यो माया भन्ने कस्तो–कस्तो । जव माया सफल हुन्छ, मिठा गीतहरू आउँछन, जव मायामा धोका हुन्छ अनि पीडावाला गीत आउँछ । यो सव भोगाईमा भरपर्छ ।

तपाईको विचारमा चाहिँ माया के हो ?
खासमा यसको उत्तर आएन ।

अन्त्यमा ?
मैले भर्खरै नयाँ गीत ल्याएको छु । तपाईहरूले माया अनि सपोर्ट गर्नुहुन्छ भन्ने अपेक्षा छ । नेपाली म्युजिकलाई सधैँ माया गरिदिनुहोला ।

भिडियो हेर्नुहोस् 

2341 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank